News Portal

  • सिटिजन लाइफद्वारा डिजिटल तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १६४१ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले क्यारियर विकास र एम डीआरटी तालिम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा तालिम सम्पन्न गरेको जनाएको छ ।
    तालिम जूममार्फत भएको हो । कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्