News Portal

  • सर्वाधिक करदाताकारुपमा एशियन लाईफ इन्स्योरेन्स सम्मानित

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    ३५० पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सर्वाधिक करदाता वित्तीय स‌ंस्थाको रुपमा सम्मान गरेको छ। विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतलीसडकले बिहीबार सम्मान् गरेको हो ।

    कर कार्यालयमा आयोजित सम्मान कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले सम्मान् पत्र हस्तान्तरण गर्दै कर योगदान दिएकोमा प्रश‌ंसा गरे ।

    आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतली सडकले आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान् गरेको हो ।
    प्रतिकृया दिनुहोस्