News Portal

  • माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, को हुन् उनी ?

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    १७२ पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त अध्यक्ष केसी यसअघि सञ्चालक समिति सदस्य थिए । संस्थापक सेयरधनी डा.उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएपछि केसी अध्यक्ष बनेका हुन् । साथै, डा. महतो बैंकमा संलग्न नरहेको कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिए ।

    अध्यक्ष केसी पोखराका युवा व्यवसायी हुन् । उनले स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । उनी हाइड्रो व्यवसायी हुन् । पोखरा बचत तथा ऋण सहकारी लिमिटेड, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्टमा सञ्चालक भएर काम गरेको अनुभव उनीसँग छ ।

    साथै, उनले के.सी. कन्स्ट्रक्सन प्रा.लि. सञ्चालन गरिरहेका छन् । उनको स्थायी घर महानगरपालिका ७ मुस्ताङ्गचोक हो ।

    प्रतिकृया दिनुहोस्