News Portal

  • एलआइसी नेपालको नयाँ शाखा किर्तिपुरमा सञ्चालन

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १४९७ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो ७९औं शाखा कीर्तिपुरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सीईओ एलपी दाशले गरे । उक्त शाखा उद्घाटन भएकै दिन एजेन्ट रीता खतिवडाले १ करोडको पोलिसी बिक्री र १४ लाख प्रिमियम समेत संकलन भएको कम्पनीले जनाएको छ ।
    सोही कार्यक्रममा सीईओ दाशले एलआईसी नेपालको पहिलो प्राथमिकता बीमितहरुको हित गर्नु रहेको बताए । एलआईसी नेपाल दाबी भुक्तानीमा १ नम्बर कम्पनी रहेको बताउँदै बोनस धेरै दिनेमा समेत १ नम्बर नै रहेको समेत जानकारी दिए । हालसम्म कम्पनीमा १० लाख पोलिसी होल्डर रहेको सीईओ दाशले जानकारी दिए । निकट भविष्यमै १ सय वटा शाखा विस्तार गर्ने योजना रहेको समेत सीईओ दाश बताए । साथै, सबै शाखा कार्यालयहरुमा एकीकृत सफ्टवेयर विकास गरी बीमितहरुलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिए । उद्घाटन भएसँगै सेवा सुरु गरेको एनआईसी नेपाल किर्तिपुर शाखाको प्रबन्धकका रुपमा जितेन्द्र साहलाई नियुक्त गरिएको छ । कार्यक्रममा कम्पनीका डीसीईओ, मार्केटिङ हेड, आईटी हेड, एजेन्सी म्यानेज र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्