काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि १९औं वर्ष पुरा गरेर २०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको स्थापना २०६१ जेष्ठ १५ भएको थियो भने २०६१ साल कार्तिक २६ गते निर्जीवन बीमा व्यवसायका लागि साविक बीमा समितिबाट प्रमाणपत्र प्राप्त गरेको थियो । कम्पनीले साविक बीमा समितिबाट कार्तिक २६ गते लाइसेन्स पाए पनि निर्जीवन बीमा व्यवसायको शुभारम्भ भने २०६१ मंसिर २ गते अर्थात आजदेखि गरेको थियो ।
नेपालमा गुणस्तरिय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा ब्यबसायमा आवद्ध ब्यक्तित्वहरुको सक्रियतामा स्थापित शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकउत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम उपत्यकाभित्र तथा बाहिरका विविभन्न शाखा तथा उप शाखा मार्फत सम्पन्न गरेको छ ।
रु. १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीले हाल शेयर पूँजी २ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको छ । आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासमा कम्पनीको महाविपत्ती जगेडा कोषमा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले यस सुखद अवसरमा नेपालको बीमा उद्दोगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि १९ वर्षसम्म उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
साथै, उनले कम्पनी १९औँ वर्ष पार गरि २०औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दैे यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पु-याउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालक तथा कर्मचारीहरु, हाल कार्यरत सम्पूर्ण कर्मचारीहरु ,नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरे ।
नेपालको निर्जिवन बीमाको क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस कम्पनीले प्रचलित ऐन, कानून तथा नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण पालना गर्दै नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राख्दै ग्राहकको पूर्ण विश्वास प्राप्त गर्न सफल यस कम्पनी एक भरपर्दो र विश्वासिलो कम्पनीको रुपमा आफ्नो ग्राहकहरुको सम्पत्तिको सुरक्षा तथा व्यवसायको विकास, विस्तार एवं शेयरधनीहरुकोे लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने तर्फ अगाडी बढिरहेको कम्पनीले जनाएको छ । आगामी दिनमा पनि यस्तै, साथ र विस्वास कायम राख्न सबैप्रति आग्रह गर्दै कम्पनीले अझै सरल र परिष्कृत सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ ।