News Portal

  • कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल

    आर्थीकसंसार संवाददाता१ मंसिर, २०८०
    ११३ पटक
    १ मंसिर, २०८०

    काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् ।

    शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो ।

    सीईओ अर्यालले एक साताअघि दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै सीईओमा खनाललाई नियुक्त गरेको बैंकका सञ्चालक इमानसिंह लामाले बताए ।

    उनी यसअघि पनि कुमारी बैंकको सीईओ थिए । तर, साविकको एनसीसी बैंकसँग मर्जर भएपछि अर्याल सीईओ र खनाल डीसीईओ बनेका थिए ।

    खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र  सिद्धार्थ बैंकमा पनि काम गरेका थिए ।

    नवनियुक्त सीईओ खनालले यसअघि पनि कुमारी बैंकमा  तीन महिना कामु सीईओ र ९ महिना सीईओ भएर काम गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्