News Portal

  • नेशनल इन्स्योरेन्सको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन २२ करोड ९३ लाख हुँदा अन्य वित्तीय सूचक कस्तो ?

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०८०
    १७३ पटक
    ३० कार्तिक, २०८०

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन र नाफा दुबै घटेको छ ।

    १ अर्ब २९ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा १ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब २४ करोड १९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड १ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा ७० करोड ११ लाख रुपैयाँ रहेको थियो ।

    यस अवधिमा कम्पनीले ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९८ प्रतिशतले घटेको हो ।

    यस अवधिमा कम्पनीले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन बढी हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १४ करोड २६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ९८ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले २३ लाख ११ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

    कम्पनीले २२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन घटेको हो ।
    कम्पनकिो सोल्भेन्सी रेसियो २.४३ रहेको छ ।

    प्रतिकृया दिनुहोस्