News Portal

  • रिलायबल नेपाल लाइफद्धारा भुकम्प पिडीतलाई पाचँँ लाख बराबरको न्यानो कमल सहयोग

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०८०
    १११ पटक
    २४ कार्तिक, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडीतका लागि पाचँँ लाख रुपैयाँ बराबरको न्यानो कमल सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गर्न समेत कम्पनीले अपिल गरेको छ ।

    कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्प र त्यसपछि आइरहेको लगातारको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका क्षेत्रहरूमा हुन गएको मानवीय र भौतिक क्षतिको खबरले कम्पनी दुखी भएको छ । भूकम्पमा परि ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी घाइते भएकाहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले उक्त सहयोग गरेको हो ।

    प्रतिकृया दिनुहोस्