काठमाडौं । गुडविल फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त गुडविल फाइनान्सले आफ्नो मुनाफालाई दोब्बर बृद्धि गर्न सफल भएको छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा सो फाइनान्स कम्पनीको मुनाफा दोब्बर बृद्धि भएको देखिएको छ ।
गुडविल फाइनान्सले गत असोज मसान्तसम्ममा दुई करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा एक करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अवधिमा दोब्बर भन्दा बढीले मुनाफा बृद्धि गर्न सफल भएको हो ।
प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको खुद ब्याज आम्दानी घटे पनि अन्य सञ्चालन आम्दानीमा बृद्धि भएको तथा तुलनात्मक रुपमा खर्च घटेर बचत हुन गई मुनाफा उल्लेख्य रुपमा बृद्धि आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा सात करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सले चालु आवको पहिलो त्रैमासमा छ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । कम्पनीको ब्याज आम्दानी एक करोड २४ लाख रुपैयाँले घटेको छ । यद्यपि कम्पनीको कूल सञ्चालन आम्दानीमा भने बृद्धि गर्न सफल भएको छ । त्यस्तै कम्पनीको सञ्चालन खर्च घटेकाले पनि कम्पनीको मुनाफा बृद्धि भएको देखिएको छ । सो गुडवील फाइनान्सको कूल ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोष ३८ करोड ५७ लाख रुपैयाँ जम्मा गरेको छ । अघिल्लो आवमा रहेको ३२ करोडबाट कोषको आकार बढेको छ ।
गुडविल फाइनान्स कम्पनीको खराब कर्जा सामान्य बढेर १.२४ प्रतिशतबाट २.०१ प्रतिशत पुगेको छ । कोषको लागत ८.३६ प्रतिशत छ । अघिल्लो वर्ष ९.२४ थियो । त्यस्तै, पुँजी कोष अनुपात २०.५५ प्रतिशत, सिसिडि रेशियो ६८.८८ प्रतिशत, आधार दर १०.४७ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत छ ।
गुडविल फाइनान्सको वित्तीय विवरण सार्वजनिक
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
२६ कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने