News Portal

  • ग्लोबल बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १४८३ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले टिच फर नेपाललाई ८ लाख बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले टिच फर नेपालको फेलोसिप कार्यक्रमलाई आर्थिक सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ ।
    बैंकका बजार तथा व्यवसाय प्रबद्ध्र्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । बैंकका बजार तथा व्यवसाय प्रबद्ध्र्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा बैंक सदा अग्रसर रहेको जानकारी बताए । टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा बैंकलाई धन्यवाद दिए ।

    प्रतिकृया दिनुहोस्