News Portal

  • सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि पाँच लाख आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२६ कार्तिक २०७७
    १३८५ पटक
    २६ कार्तिक २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेको जनाएको छ ।
    सो पाँच लाख रकम सामुदायिक विकास समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ । स्थापनाकालदेखि नै सुविधानगर क्षेत्रभित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्