News Portal

  • राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत, कामु सिइओमा महेश रिमाल नियुक्त

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०८०
    १५१ पटक
    २२ कार्तिक, २०८०

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै संचालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ । नायब महाप्रबन्धक  रिमाललाई कम्पनीको पहिलो बैठकले कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    अब संस्थान कम्पनीमा परिणत भए पश्चात् कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै हिजो कार्तिक २० गते सोमबारदेखि कम्पनीमा रुपान्तरण भएको हो ।

    बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने बाटो खुलेको हो । मन्त्री परिषदको कात्तिक १६ गतेको बैठकले संस्थानलाई हालकै ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख २० हजार कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृती दिने निर्णय गरेको हो ।

    बीमा ऐन २०७९ अनुसार कम्पनीमा रुपान्तरण हुनेसँगै न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यकारी अवस्थामा रहेको संस्थानलाई मन्त्री परिषदको निर्णयले चुक्ता पूँजी सम्बन्धी प्रावधानबाट तत्कालका लागी राहत मिलेको थियो ।

    प्रतिकृया दिनुहोस्