News Portal

  • भूकम्प प्रभावितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८०
    ३६२ पटक
    १९ कार्तिक, २०८०

    काठमाडौं । नेपाल उद्योग परिसंघले जाजरकोट भूकम्पपीडितलाई राहत एवं पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्था, उद्यमी, व्यवसायी एवं व्यवसायिक संघसंस्थालाई अपिल गरेको छ।

    परिसंघले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। गत शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति परिसंघले दुःख व्यक्त गरेको छ। परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भूकम्पमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

    भूकम्प प्रभावित नागरिकलाई परिसंघले आफ्नोतर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिइरहेको छ। यसका साथै प्रभावित नागरिकको राहत, उपचार एवं पुनर्स्थापना कार्यलाई तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारसमक्ष परिसंघले आग्रह गरेको छ।
    प्रतिकृया दिनुहोस्