News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ ठाउँमा घरजग्गा किन्दै

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८०
    १३१ पटक
    १९ कार्तिक, २०८०

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय प्रयोजनका लागि विभिन्न ७ स्थानमा घर तथा जग्गा खरिद गर्ने भएको हो ।

    कम्पनीले विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिद गर्ने जनाएको छ ।

    कम्पनीका अनुसार डेढ कठ्ठा वा ५ हजार ४६७.५ वर्गफुटदेखि ३ कठ्ठा वा १० हजार ९३५ वर्गफुटसम्म भएको क्षेत्रफल भएको हुनु पर्नेछ ।

    नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा शैद्धान्तिक स्वीकृतिको अधिनमा रही सो क्षेत्रमा घरजग्गा खरिद गर्न लागेको कम्पनीले बताएको छ । इच्छुक घरजग्गाधनीले २१ दिनभित्र बोलपत्र पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्