News Portal

  • १० प्रतिशत ब्याजदर भएको कुमारी बैंकको ऋणपत्र बाँडफाँट

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८०
    १३६ पटक
    १९ कार्तिक, २०८०

    काठमाडौं । कुमारी बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक १९ गते आइतबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जानकारी दिएको छ ।

    बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३ गतेसम्म १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो ।

    बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्