News Portal

  • लोमस फर्मास्युटिकल्स निर्देशक पाण्डेद्वारा भूकम्पपीडितलाई औषधी सहयोग

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८०
    १५० पटक
    १८ कार्तिक, २०८०

    काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले भूकम्पमा घाइते भएकाको थप उपचार गर्न औषधी सहयोग गरेका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको उपचारको लागि पाण्डेले औषधी सहयोग गरेका हुन् ।

    पाण्डेले भूकम्पपीडितको थप उपचारमा प्रयोग हुने पेन किलर र दुखाइ कम गर्ने मलहम सहयोग गरेको कम्पनीले बताएको छ । काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन प्लाटुन प्रमुख पूर्ण साउद र डाक्टरहरूको उपस्थितिमा पाण्डेले औषधी सहयोग गरेका हुन् ।

    शुक्रबार मध्यराति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा हालसम्म करिब डेढ सय भन्दा बढीको निधिन भएको छ भने सयौं घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अझै खोज तथा उद्धार कार्य जारी छ ।

    प्रतिकृया दिनुहोस्