News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी अभिकर्ता परीक्षा सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०८०
    १४० पटक
    १५ कार्तिक, २०८०

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।
    कम्पनीले साविक यूनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका व्यक्तिले परीक्षामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।

    ईच्छुकले नागरिकता, स्थायी लेखा नम्बर, नागरिकता, पासपोर्ट साइजको फोटो, एसएलसी वा प्राविधिक शिक्षाको प्रमाणपत्र कार्तिक १७ गतेभित्र कम्पनीको इमेल ठेगानामा पठाउन कम्पनीले आग्रह गरेको छ ।

    इजाजत पत्र जारी गर्नको लागि परीक्षा दस्तुर ५०० रुपैयाँ तोकिएको छ ।परीक्षा कात्तिक १९ गते दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म कम्पनीको प्रधान कार्यालय, सिटीसी मल सुन्धारा–काठमाडौंमा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्