News Portal

  • राबा बैंकले पूर्व सशस्त्र प्रहरीलाई पेन्सनर कर्जा दिने

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७७
    १३३७ पटक
    २४ कार्तिक, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने भएको छ ।
    राष्ट्रिय बाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा दिने सम्झौता भएको हो । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका छन् ।
    सो सम्झौतापश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिस गर्ने छ र बैंकले सिफारिस भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका–२०७७ को अधीनमा रही अधिकतम दश लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिइ आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुग्ने बताए । त्यसैगरी, संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरीपछि बैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए ।

    प्रतिकृया दिनुहोस्