आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८०
१ कार्तिक, २०८०काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा मात्रै पौने तीन करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीले उक्त एक महिनामा बीमितहरुलाई २ करोड ७१ लाख २२ हजार २०८ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।
उक्त दाबी रकममा ४८ वटा बीमालेखहरु रहेको समेत कम्पनीले जानकारी गराएको छ ।
आफ्नो उद्देश्य अनुसार नै कम्पनीले दावी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्दै आएको छ ।