News Portal

  • नेपाल लाइफद्वारा तिमी यो दशैंमा के गर्छौ ? नामक टिकटक प्रतिस्पर्धाको आयोजन

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८०
    १२० पटक
    १ कार्तिक, २०८०

    नेपालकै अग्रणी एवम् सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क https://vt.tiktok.com/ZSN6GFKjC/) ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८० कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नुहुनेछ । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।
    यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गर्नु भएको छ । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्