News Portal

  • रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ असोज, २०८०
    १८३ पटक
    २८ असोज, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा अभिकर्ता पुर्नताजगी तथा उत्प्रेरणा ,सम्मान ,दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले बनेपा बाग्मति प्रदेश अन्तर्गत मन्थली शाखाका एजेन्सी म्यानेजर, अभिकर्ताहरुलाई पुर्नताजगी उत्प्रेरणा सम्मान तथा तालिम दिएको हो ।

    कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध ३८ जना अभिकर्ताहरुको उपस्थिती रहेका थिए । मन्थली शाखाको आयोजनामा भएको सो कार्यक्रम शाखा प्रमुख सन्तोष श्रेष्ठ तथा बनेपा रिजनका क्षेत्रिय प्रमुख सुरेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण दिइएको थियो ।

    कार्यक्रममा शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई क्षेत्रीय प्रबन्धक सुरेन्द्र थापाले उत्प्रेरणा तालिम दिएका थिए । साथै, बनेपा बागमती प्रदेशका प्रमुख थापाले बीमाको बजार व्यावसायिक बीमा उत्प्रेरणा जीवन उपयोगी विषय बस्तुहरु, बीमालाई व्यावसायिक बनाउन को लागि के के गर्नु पर्छ आर्थिक सुरक्षाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । त्यस्तै कार्यक्रमको अबसरमा शाखाका सिनियर एजेन्सी म्यानेजर ,एजेन्सी म्यानेजर हरुलाई सम्मान समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्