News Portal

  • महालक्ष्मी बैंकका ग्राहक तथा कर्मचारीहरुलाई एसआरएल डायगनोस्टिकमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०७७
    १४२७ पटक
    २४ कार्तिक, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिकसँग एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् ।
    सो सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस। आर। एल। डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परीक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    देशभरी १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

    प्रतिकृया दिनुहोस्