News Portal

  • नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनको प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
    २०४ पटक
    १९ असोज, २०८०

    काठमाडौं । नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा लिसारा रिसेप्सन नक्सालमा सम्पन्न भएको हो । सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै फेरबदल वा परिमार्जन गर्न सुझाव भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।
    प्रतिकृया दिनुहोस्