News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको सस्तो ब्याजदरमा घरकर्जा योजना

    आर्थिकसंसार संवाददाता२४ साउन, २०७७
    ४४४ पटक
    २४ साउन, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । यस बैंकले ७ दशमव २५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको जारी विज्ञप्तिमा बताइएको छ ।
    बैंकले सार्वजनिक गरेको उक्त कर योजना एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र अधिकतम एक करोड ५० लाखसम्म कर्जा पाइने जनाएको छ । अधिकतम २० वर्षसम्मका लागि यस किसिमको कर्जा दिने भएको हो । बैंकले कर्जा प्रक्रिया सुरु गरेको ७ दिनभित्र कर्जा उपलब्ध गराउनेसमेत जनाएको छ ।
    बैंकले नयाँ घर निर्माण तथा खरीदका लागि यो कर्जा उपलब्ध गराउने छ भने कर्जा स्वाप गर्ने सुविधा पनि रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्