News Portal

  • नेपाल लाईफबाट बीमित राईले पाए पाँच लाख रुपैयाँ दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२२ कार्तिक, २०७७
    १२५३ पटक
    २२ कार्तिक, २०७७

    काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा घाँटीको क्यान्सर रोगी तारामान राईले पाँच लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । नेपाल लाईफको घातक रोग बीमाद्वारा रक्षावरण सुविधा लिएका राईले कोटेश्वरस्थित शाखा कार्यालयबाट पाँच लाख रुपैयाँ दाबी भुक्तानी लिएका हुन् । राईलाई कोटेश्वर शाखा कार्यालयका प्रमुख ज्ञानेन्द्रमान तुलाधरले गत शुक्रबार चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
    राईले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबाट २०७५ साल चैत्र २७ गते पाँच लाख रुपैयाँको जीवन बीमा गर्दा घातक रोगको समेत रक्षावरण हुने सुविधा लिएकोमा क्यान्सर रोग पुष्टि भएपछि बीमा दाबी भुक्तानी बापत रकम पाएको कुरा नेपाल लाईफले जनाएको छ । बीमित राई वार्षिक २ किस्ता मात्रै तिरेपछि उनलाई घाँटीमा क्यान्सर प्रमाणित भयो । राईले घातक रोगको रक्षावरण गरिएकाले घाँटीको क्यान्सर भएको पूर्ण रुपमा प्रमाणित भई उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको नेपाल लाईफ इन्स्योरेन्सले कम्पनीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्