News Portal

  • जनरल इन्स्योरेन्सका महाप्रबन्धक टमोटले सम्हाले कार्यभार

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
    १३५६ पटक
    २१ कार्तिक, २०७७

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक पदमा नियुक्त भएका एसके तमोटले कार्यभार सम्हालेका छन् । बिहीबार नियुक्ती पत्र बुझेका तमोटले सोही दिन अपरान्ह ३ बजेबाट कार्यभार सम्हालेका हुन् । उनले आगामी माघ १८ गतेसम्म काम गर्नेछन् ।
    कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्ती गर्न ढिलाई भएकाले स्थापनाकालदेखिका महाप्रबन्धक तमोटलाई कार्तिक १८ गतेदेखि लागू हुने गरी ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेको थियो । स्वास्थ्यस्थिति तथा उमेरका कारण काम नगर्ने भन्दै बिदा लिइसकेका तमोटले सञ्चालक समितिले सिईओ नियुक्त गर्ने समय माग गर्दै तीन महिना काम गर्न अनुरोध गरेपछि कम्पनी फर्केको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्