News Portal

  • हिमालयन बैंक र बैंक अफ काठमाण्डूले एक अर्ब पचास करोडको मुद्दा जिते

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
    १२६३ पटक
    २१ कार्तिक, २०७७

    काठमाडौं । हिमालयन बैंकले चीनको एउटा अदालतमा ६६ करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । त्यसैगरी बैंक अफ काठमाण्डूले पनि सोही मुद्दामा ९० करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । यी दुवै हिमालयन र बीओके बैंकले चीनको एउटा अदालतमा साढे एक अर्ब रुपैयाँ बराबरको मुद्दा जितेको हो । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चिनियाँ ठेकदार कम्पनी चाइन रेल्वे १५ ब्युरो कम्पनी (सीसीआरसी)लाई जमानतमा दिइएको दुई बैंकको उक्त रकम फसेको थियो ।
    आयोजनासँग सम्बन्धित जमानतमा फसेको रकम उठाउन यी दुवै हिमालयन र बीओके बैंकले ८ वर्षअघिदेखि नै सीसीआरसीसँग मुद्दा लड्दै आएका थिए । जसको लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए ।
    लामो समयपश्चात ढिलै भए पनि चीनको अदालतले यी दुवै बैंकको पक्षमा फैसला गरी सो रकम फिर्ता गर्नको लागि अदालतले आदेश दिएको शुक्रबार बताएको छ । यद्दपि मुद्दा हारेको सीसीआरसीले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी रहेको छ । मुद्दा जितेसँगै दुई बैंकले कूल एक अर्ब ५० करोड रुपैयाँ पाउने भएका छन् । जसमध्ये हिमालयन बैंकले ६६ करोड र बैंक अफ काठमाण्डूले करिब ९० करोड रुपैयाँ फिर्ता पाउने छन् ।

    प्रतिकृया दिनुहोस्