News Portal

  • डिजिटल कमन करेन्सी अवलम्बनका लागि अध्ययनको जरुरी छः गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०७७
    १३५६ पटक
    २० कार्तिक, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिर्जव बैंक अफ इण्डियाले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी भएका छन् ।
    गभर्नर अधिकारीले सन् २०२० को लागि सार्क फाइनान्स चेयर रहेको रिजर्व बैंक अफ इण्डियाले सन् २०२० नोभेम्बर ४ मा सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा ४०औं सार्क फाइनान्स ग्रुप मिटिङ भर्चुअल माध्यममार्फत आयोजना गरेको मिटिङमा उनी सहभागी भएका हुन् ।
    बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू दा अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो ।
    बैठकमा हाल सार्क फाइनान्स केन्द्रीय बैंकहरुको चेयर रहेको रिजर्व बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले स्वागत मन्तव्य राख्दै उनले उक्त बैठकमा आफ्ना विचार राख्दै कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको पोलिसी रिस्पोन्स कार्यान्वयन गरेको उल्लेख गर्दै रिर्जव बैंक अफ इण्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवम् वित्तीय अवस्थाका विषयमा समेत जानकारी दिए ।
    सो अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान स्थिति एवम् कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरु जस्तैः नीतिगत दरमा कटौती, पुर्नकर्जाको सीमा बृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनिङ व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कजाको पुनरतालिकीकरणर पुनर्संरचनालगायतका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनले कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्य रुपमा बृद्धि भएको र यसले वित्तीय पहुँचमा बृद्धि हुने धारणासमेत राखे । त्यसैगरी उहाँले, सार्कफाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले डिजिटल कमन करेन्सी अवलम्बन गर्न सार्क फाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा समेत राखे ।
    सार्क राष्ट्रका गभर्नरहरुले बैठकका क्रममा आ–आफ्नो केन्द्रीय बैंक र सरकारले कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा परेका असर र त्यसको न्यूनीकरणका लागि लिइएका नीतिगत व्यवस्थाका विषयमा चर्चा गरेका थिए । गभर्नर अधिकारी सहभागी भएको उक्त बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्के, गभर्नरको कार्यालयका कामु निर्देशक तथा सार्क फाइनान्स को–अर्डिनेटर नारायणप्रसाद पोख्रेललगायत अन्य अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्