News Portal

  • रक्षामन्त्री खड्काद्वारा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान

    आर्थीकसंसार संवाददाता२ असोज, २०८०
    २३८ पटक
    २ असोज, २०८०

    काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजिम मूल समारोह समितिको कार्यक्रममा आज उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरेका छन् ।

    विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्गिक, सामुदायिक र निजी क्याम्पसलाई पुरस्कार प्रदान गरिएको हो । यसै वर्षदेखि स्थापित समाजकल्याण शिक्षा पुरस्कारसमेत प्रदान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्