News Portal

  • एनएमबि बैंकद्वारा बीमा दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०७७
    १३०४ पटक
    २० कार्तिक, २०७७

    काठमाडौं । एनएमबि बैंकद्वारा ५२ लाखभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानीअन्तर्गत ५२ लाखभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको हो ।
    बैंकले तलब खाताअन्तर्गत हालसम्म जम्मा ७ लाख ४१ हजार ७२२ र सहारा बचत खाताअन्तर्गत ४५ लाख २२ हजार ३७१ बीमा दाबी भुक्तानी गरेको छ ।
    बैंकले तलब खाताहरुको योजनामा शुन्य मौज्दातमै नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमको साथै दश लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
    बैंकको इन्स्योरेन्स पार्टनरहरुमा एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलाईन्स लाइफ इन्स्योरेन्स, सागरमाथा इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलगायतका रहेका छन् ।

    प्रतिकृया दिनुहोस्