काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेको ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः संशोधन प्रस्ताव गरेको हो ।
यससँगै बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद लाभांश वितरण गर्ने गरी संशोधन प्रस्ताव गरेको छ । कार्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त संशोधन प्रस्ताव गरेको हो । उक्त प्रस्तावअनुसार बैंकको बोनसदर बृद्धि भएको छ भने नगद लाभांशदर घटेको छ । यसअघि बैंकले कार्तिक ३ गते मात्रै चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधिअनुसार बैंकले प्रस्तावित लाभांशलाई संशोधन गरेको जानकारी गराएको छ ।
यससँगै बैंकको संशोधित उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । सो प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा ४ प्रतिशत कम हो । बैंकले अघिल्लो आ.व. २०७५÷७६ मा सेयरधनीलाई १५ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद) वितरण गरेको थियो ।
सिटिजन्स बैंकको बोनसदर बृद्धि
आर्थीकसंसार संवाददाता
- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने