News Portal

  • एलआइसी नेपालको बीमा बजारीकरण सीप सम्बन्धि उत्पेरणा तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १२९ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । एलआइसी (नेपाल) कोशी प्रदेशले “ बीमा बजारीकरण सीप” सम्बन्धि उत्पेरणा तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इटहरिमा यही २०८० साल भदौ २९ गते संचालन गरेको हो । तालिम कार्यक्रममा बिजय कुमार झा तथा कोशी प्रदेश प्रमुख रितेस राज रेग्मीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५० जनाभन्दा बढी अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रमममा अभिकर्ताहरुलाई बीमा बजारमा कसरी प्रस्तुत हुने, कसरी बीमा विक्री गर्ने, बीमा बजारीकरण सिप सम्बन्धी विभिन्न कुराहरुको जानकारी गराएको थियो । साथै, कम्पनीको पोलिसीको बारेमा पनि अभिकर्ताहरुलाई जानकारी दिइएको थियो ।  कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाइ कोशी प्रदेश प्रमुख रेग्मीले सम्मान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्