News Portal

  • हिमालयन लघुवित्तको शेयर स्वामित्व परिमार्जन

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८०
    १९३ पटक
    २९ भदौ, २०८०

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीले शेयर स्वामित्व परिमार्जन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो ।

    यसअघि कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो । कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो ।

    हाल कम्पनीको कुल कित्ता शेयर ३१ लाख ९८ हजार १८१ दशमलव ३०१८ रहेको छ । शेयर स्वामित्व परिमार्जन पनि संस्थापको समूहको १६ लाख ३१ हजार ७२.४६३९ कित्ता र सर्वसाधारणको १५ लाख ६७ हजार १०८।८३७९ कित्ता कायम भएको छ ।
    प्रतिकृया दिनुहोस्