News Portal

  • सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न ।

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८०
    ५५९ पटक
    २७ भदौ, २०८०

    काठमाडौं । यस सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज मिति २०८० साल भाद्र २७ गते (तदनुसार १३ सेप्टेम्बर, २०२३) बुधबारका दिन सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री भोला बहादुर बिष्टज्यूको अध्यक्षतामा सम्पन्न भयो ।
    यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।


    कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गर्दछौ । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।

    प्रतिकृया दिनुहोस्