News Portal

  • सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

    आर्थीकसंसार संवाददाता२६ भदौं, २०८०
    ५२७ पटक
    २६ भदौं, २०८०

    काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ।

    श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

    उहाँको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु अस्पतालमा पुग्नुभएको छ ।

    संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम- २ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको सांसद महेश बस्नेतले बताए । उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

    प्रतिकृया दिनुहोस्