News Portal

  • कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८०
    १९८ पटक
    २५ भदौ, २०८०

    काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

    सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् । साथै, सुवेदीले बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठसमक्ष सपथ लिएका हुन् ।

    साथै, यसअघि कोषको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका मुख्य प्रबन्धक दिनेश केसीको कार्यकाल सम्पन्न भएपछि विदाई गरिएको छ ।

    प्रतिकृया दिनुहोस्