आर्थीकसंसार संवाददाता२४ भदौ, २०८०
२४ भदौ, २०८०काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आज भदौ २४ गतेबाट निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गदैृछ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति वा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो । उक्त तालिम आज भदौ २४ गतेदेखि २७ गतेसम्म संचालन हुनेछ । उक्त तालिममा सहभागी हुनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
तालिम विहान १० बजेदेखि साझ ४ बजेसम्म हुने कम्पनीले जनाएको छ । तालिम कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आयोजना हुनेछ । उक्त तालिममा सहभागी हुन न्युनतम एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।