News Portal

  • अर्थमन्त्री खनालले फिर्ता गरे कुटनीतिक राहदानी

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०८२
    ९ पटक
    २६ फागुन, २०८२

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाले प्रयोग गरेकाे कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । उनले आफ्नो नाममा जारी भएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा बुझाउन पत्रमार्फत जानकारी गराएका हुन् ।

    अर्थ मन्त्रालयमार्फत पठाइएको पत्रमा ‘डीए ०००२७१०’ नम्बरको राहदानी फिर्ता गरिएको उल्लेख गरिएको छ । मन्त्री पदको जिम्मेवारीसँग सम्बन्धित सुविधा अन्त्य भएपछि राहदानी नियमानुसार फिर्ता गरिएको जनाइएको छ ।

    पत्रसँगै राहदानी संलग्न राखी गृह मन्त्रालयको राहदानी विभागमा बुझाइएको उल्लेख छ । सम्बन्धित निकायमा आधिकारिक रूपमा राहदानी फिर्ता गरिएपछि आवश्यक प्रशासनिक प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

    null

    प्रतिकृया दिनुहोस्