News Portal

  • मध्यपूर्व संकट : नेपालीको उद्दार तत्काल असम्भव, ट्रान्जिटमै गाँस-बासको प्रबन्ध

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०८२
    १२ पटक
    १७ फागुन, २०८२

    काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई सोही स्थानमै प्रबन्ध मिलाइएको जनाएको छ ।

    ‘ट्रान्जिटमा रहेका कामदार र यात्रुहरूको सुविधाका लागि हरेक देशका राजदूतावासको सम्पर्कमा आएर उहाँहरूलाई गन्तव्यसम्म पुर्याउने वा जान नसक्नेहरूलाई सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्ने गरी समाधान भइसकेको छ,’ परराष्ट्रमन्त्री बालानन्द शर्माले बताए ।

    ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन । अहिले जो जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने निर्णय गरेका छौं,’ उनले थपे

    आइतबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाललाई परेको प्रभाव, त्यसबारे दिइने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको थियो ।

    परराष्ट्रमन्त्री शर्माका अनुसार अधिकांश नेपालीको स्वास्थ्य, सुरक्षाबारे अहिलेसम्म कुनै हतहाती भएको छैन ।

    त्यस्तै, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वी क्षेत्र जान लाग्दा अलपत्र परेका यात्रुहरूको पनि समस्या समाधान भइसकेको छ ।

    यसका लागि श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरी समाधान गरेको उनले बताए ।

    नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्दार गर्न नसकिने पनि परराष्ट्रमन्त्री शर्माले बताए।

    मध्यपूर्वको तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको उनले बताए ।

    ‘यसबाट नेपालमा परेको प्रभाव, कसरी प्रतिक्रिया दिने र नेपाली नागरिकलाई परेको असर र समाधानबारे छलफल भएको छ,’ परराष्ट्रमन्त्री शर्माले भने ।

    प्रतिकृया दिनुहोस्