News Portal

  • चिटकटो रसिदबाट बीमा रकम असुल्ने प्रवृत्ति हट्दै, पेट्रोलियम व्यवसायी र नेको इन्स्योरेन्सले गरे सहकार्य

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८०
    १९७ पटक
    २४ भदौ, २०८०

    काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । वर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्ने प्रवृत्तिलाई हटाउन संघले नेको इन्स्योरेन्ससँग ट्रान्जिट बीमा अर्थात मार्गस्थल बीमा गर्ने सम्झौता गरेको हो ।

    उक्त सम्झौता अनुसार गत साउन ३१ गतेबाट निगमका सबै डिपोहरुबाट मूल्यअभिवृद्धि कर (भ्याज) बीजक बीलसहित बीमा पोलिसी जारी भइसकेको छ ।

    पेट्रोलियम ब्यवसायीहरुलाई प्रत्यक्ष लाभ हुने गरी संघले नेको इन्स्योरेन्स मार्फत विभिन्न सेवा सुविधासहितको बीमा पोलिसी जारी हुने जानकारी गराएको छ ।

    वर्षाैदेखि मार्गस्थल बीमाको नाममा नेपाल आयल निगमको संचालक समितिको निर्णयनुसार भनि राष्ट्रिय बीमा कंम्पनी लिमिटेडसंग सम्झौता गरी सम्झौता गरेको भन्दा बढी रकम असुल्दै आएको र बीमा पोलिसी एवं भ्याट (मु.अ.कर बिजक) विल जारी नहुने गरेकोमा गत साउन ३१ गतेबाट बीमा पोलिसी व्यवसायीहरुकै नामबाट जारीसँगै भ्याट विल जारी गरिने व्यवस्था गरिएको छ ।

    वर्षाैदेखि एशोसिएशनका पदाधिकारी र बीमा कम्पनीको मिलेमतोमा मार्गस्थल बीमाको नाममा हुने रकम अपचलनको अन्त्य हुने छ ।

    व्यवसायीहरुले बीमा वापत बुझाएको रकमको रसिद राखी खर्च शीर्षकमा उल्लेख गर्न पाउने भएकाले लेखापरीक्षण गर्दा व्यवसायीहरुले व्योहोर्दै आएको झमेलाबाट मुक्ति पाउने छन् ।

    चिटकटोबाट बीमा रकम दावी गर्दा व्यवसायीहरुले पीडित हनुपर्ने अवस्थाको अन्त्य हुने छ ।

    निगमका डिपोहरुबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक पटक चलान अनुसार मुल्य अभिवृद्धि कर (भ्याट) विजक सहितको बीमालेख नेको इन्स्योरेन्सबाट प्रत्येक्ष जारी हुने छ ।

    चिटकटो रसिदबाट गैरकानुनी हिसाबले रकम असुली गर्ने बीमा कम्पनीले पोलिसी जारी नगर्ने गरेको हुँदा भैरहवा लगायत देशका विभिन्न स्थानहरुमा दुर्घटना भएको अवस्थामा बीमा दावी नपाउने समस्याको अन्त्य हुने छ ।

    प्रतिकृया दिनुहोस्