News Portal

  • ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८०
    २१९ पटक
    २१ भदौ, २०८०

    काठमाडौं । ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको जनाएको छ ।कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० आषाढ मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, क्यापिटलको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले क्यापिटलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन प्रस्ताव पारित गरेको छ । उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा क्यापिटलको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सुझाव वा निर्देशन प्राप्त भएम सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप र घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्