News Portal

  • प्रतिनिधिसभा निर्वाचनः लगातार अग्रता बढाउँदै रास्वपा, के छ कांग्रेस, एमाले र नेकपाको अवस्था ?

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०८२
    ५ पटक
    २२ फागुन, २०८२

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना आज जारी रहेको छ।

    हालसम्म ११२ निर्वाचन क्षेत्रको मत गणना गर्ने काम भइरहेकोमा ४ वटा क्षेत्रको नतिजा आइसकेको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु दर्शना र मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी घोषणा भइसकेका छन्।

    काठमाडौं क्षेत्र नं. ८ बाट रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ र ललितपुर क्षेत्र नं. ३ बाट तोसिमा कार्की पनि विजयी भइसकेका छन्। यद्यपि, निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गरिसकेको अवस्था भने छैन।

    हाल १०८ निर्वाचन क्षेत्रमा मत गन्ने काम भइरहेको छ। त्यसमध्ये ८३ स्थानमा रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन्।

    यसैगरी १० क्षेत्रमा कांग्रेस, ८ क्षेत्रमा नेकपा, ७ क्षेत्रमा एमाले र १ क्षेत्रमा राप्रपाले अग्रता लिइरहेका छन्।

    प्रतिकृया दिनुहोस्