News Portal

  • कामना सेवा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८०
    १९३ पटक
    २१ भदौ, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा उर्लाबारी स्थित राधा कृष्ण मन्दिर र २०८० साल भदौ २१ गते बिराटनगर श्री कृष्ण जन्माष्टमी रथ यात्रामा आएका भक्तजनहरुलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ ।

    सो दिन दुवै स्थानमा हजारौ भक्तजनहरुले भगवान श्रीकृष्णको दर्शन गर्ने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र बिराटनगर शाखा कार्यलयहरुले उक्त पानी तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

    बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
    प्रतिकृया दिनुहोस्