News Portal

  • प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन, एक दिन सेवा बन्द

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८०
    २७६ पटक
    २१ भदौ, २०८०

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ ।

    सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन गरी २० अङ्कको कायम गरिने बैंकले बताएको छ । नयाँ खाताको कारोबार ग्राहकहरुसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने छ । साथै, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गराउने बैंकले जनाएको छ ।

    साथै अन्य सबै निकायहरू जस्तैः स्टक ब्रोकर तथा डिम्याट खातमा ग्राहकहरु आफैंले नयाँ खाता नम्बर अद्यावधिक गराउनु पर्ने बैंकले जनाएको छ । साथै नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

    यस्तै, प्राइम बैंकको बैंकिङ्ग सेवा एक दिन बन्द हुने भएको छ । बैंकका अनुसार कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक गर्नु पर्ने भएकाले एक दिन बैंकको सम्पूर्ण सेवा बन्द रहनेछ । भदौ २२ गते शुक्रवार राति १० बजेदेखि १२ बजेसम्म कोर बैंकिङ अद्यावधिक हुने भएकोले एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवाहरू बन्द हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्