News Portal

  • प्रभु बैंकको नयाँ शाखा कार्यालय प्रगतिनगरमा सञ्चालन

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०७७
    १४३६ पटक
    १९ कार्तिक, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज कार्तिक १९ गते नवलपुर ९नवलपरासीपूर्व० जिल्लाको देवचुलीनगरपालिका–१५ स्थित प्रगतिनगरमा आप्mनो २११औं शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।
    नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
    हालसम्म प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कुरा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्