News Portal

  • महुली लघुवित्तको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८०
    १२९ पटक
    २० भदौ, २०८०

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनी सुरत चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको नाममा रहेको ४ हजार कित्ता र पन्ना लाल चौधरीको नाममा रहेको ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो ।

    उक्त शेयर खरिदको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने भएकाले शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात र खरिद गर्न चाहेको शेयर विवरण खुलाई संस्थाको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

    कम्पनीले तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत संस्थाले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्