News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८०
    १८५ पटक
    १८ भदौ, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन् । यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए ।

    बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेका उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ ।

    बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एन्ड एनालाइसिसको प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट)को जिम्मेवारीमा समेत थिए । बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सिए समेत रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्