News Portal

  • एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा क्यास ब्याक पाइने

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८०
    १९४ पटक
    १७ भदौ, २०८०

    काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा १ सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटिएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा १ सय रुपैयाँ क्यास ब्याक पाउनेछन् ।

    यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्