
काठमाडौं । नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंकसँग एडिबिको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम ADB TSCFP अन्तर्गत सम्झौता गरेको छ । कार्यक्रमले व्यापार वित्तियको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तराष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने बैंकले जनाएको छ ।
बैंकका अनुसार २०२२ मा ADB TSCFP ले गरेको १०,००० भन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारीक सहयोग मध्ये ६०% भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए ।
सम्झौतामा ADB TSCFP का प्रमुख स्टिभन बेक, नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेला थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एसियाली विकास बैंकसँग व्यापार वित्तिय सम्झौता गर्न पाउँदा खुसी रहेको र साना तथा मध्यम प्रकृतिका व्यवसायी बीच बैंकको उपस्थितिलाई अझ बढाउँदै ग्राहकहरूको व्यापारीक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर रहेको बताए। कार्यक्रममा एडिबि नेपाल रेसिडेन्ट मिशनका प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।