News Portal

  • सन नेपाल लाइफको आइपीओ नतिजा यी चार तरिकाबाट हेर्न सकिने

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८०
    २०५ पटक
    १५ भदौ, २०७८०

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बाँडफाँड गरेको हो । तर, आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिनेछ । आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिनेछ ।

    जसअनुसार विक्री प्रबन्धकको वेबसाइट, कम्पनीको वेबसाइट, सिडिएसको वेभसाइट र सिडिीएसीले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट हेर्न सकिनेछ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट nsmbl.com.np र मेरो शेयर https://meroshare.cdsc.com.np/#/login बाट, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट sunlife.com.np  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

    आइपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको हो । यस अनुसार ७ लाख ६८ हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदकको हात खाली भएको छ ।
    प्रतिकृया दिनुहोस्